|

बुटवल : नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन। तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ। 

कोइलाबासका स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट बर्षौंदेखि पानी ल्याएर गुजारा चलाउँदै आएका छन्। बेलाबेलामा भारतीय पक्षले त्यो पानी पनि बन्द गरिदिन्छ।नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गर्ने गरेको समाचार नागरिक दैनिकमा छ। 

गत चैतमा विद्युत महसुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोइलाबास काकाकुल बनेको थियो। त्यस क्षेत्रका सांसद इन्द्रजित थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोइलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ। त्यही बोरिङ पनि गर्मीयाममा सुक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.