|

काठमाडौं :  एसिया कप क्रिकेटमा  आइट्टबार भारत र पाकिस्तान भिड्दैछन। सुपर फोर अन्तरगत फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा दुई टोली फेरि एक पटक आम्नेसाम्ने हुन लागेका हुन।

खेल बेलुकी सवा पाँच बजे दुवईमा हुनेछ। समूह चरणमा पाकिस्तान भारतसंग पराजित भएको थियो। आजनै सूपर फोरमै अफगानस्तान र बंगलादेश भिड्दैछन। यी दुईबीचको खेल आवुधावीमा बेलुकी सवा पाँच बजे शुरु हुनेछ।

सूपर फोरको पहिलो खेलमा बंगलादेश भारतसंग र अफगानस्तान पाकिस्तानसंग पराजित भएका थिए। सूपर फोरका अन्तिम खेलमा भने पर्सि भारत र अफगानस्तान तथा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन। शीर्ष दुईमा रहने टोलीबीच पाँच दिनपछि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.