|

रियल म्याड्रिड स्पेनिस ला लिगामा स्पानियोललाई १–० ले पराजित गर्दै  ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। रियल बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ। अपराजित रियलले एक खेलमा बराबरी खेलेको छ भने बार्सिलोना चार खेलमा सबै चार जित निकाल्न सफल भएको छ।

बार्सिलोना आइतबार मध्यरातमा जिरोनीविरुद्ध खेल्ने छ। त्यो बेलासम्म रियल शीर्षस्थानमा हुनेछ। जुलेन लुपेटीगुई नेतृत्वको रियलले जारी सिजन राम्रो प्रदर्शन गर्दै आएको छ। जितपछि रियलको ५ खेलबाट १३ अंक छ। दोस्रो स्थानमा रहेको बार्साकोको चार खेलबाट १२ अंक छ।

स्पानियोल पाँच खेलबाट ७ अंकसहित छैटौँ स्थानमा पुगेकाे छ। ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले गेटाफेलाई २-० ले हराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.