|

काठमाडौं : एएफसी यु–१६महिला फुटबलमा नेपाल र मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। 

समूह ‘ई’ अन्तर्गत आइतबार नेपालले मलेसियासँग खेल्न लागेको हो। लगातार दुई खेलमा पराजित भएको नेपाल भने छनोट चरण पार गर्न भने नसक्ने भएको हो। मलेसियाविरुद्धको आजको खेल नेपालका लागि सान्त्वना जितको अवसरमात्रै बन्न सक्छ।

हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। यसअघि नेपालपहिलो खेलमा फिलिपिन्ससँग ४–० ले हारेको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ ले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.