|

काठमाडौं :   आफू र आफ्नो परिवारको खुसीका लागि परदेशिएको एक युवा जब घर फर्किन्छ, उसले न श्रीमती भेट्छ न त कमाएर पठाएको सम्पत्ति नै। त्यो बेला त्यस्तो युवकको मन कस्तो निराशाले भरिएला? यस्तै भावना समेटेर लेखिएको दिनेश सुवेदीको गीतमा बाबुल गिरीले संगीत सिर्जना गरेपछि गायक रामचन्द्र काफ्लेले स्वर भरेका छन्। 

‘विदेशिएँ रमाई रमाई’ बोलको यो गीतको भिडियो शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।  गीतमा विदेश गएर पसिना बगाएर खुसी ल्याउने सपना लिएर गएको युवाको मन कसरी टुट्छ भन्ने भाव व्यक्त गरिएको छ। पत्नीले धोका दिएर अरु नै कसरीको अंगालोमा बेरिएर छाडेर जाँदा कस्तो होला? यसको जवाफ गीतले दिन्छ। 

गीतको म्युजिक भिडियोलाई गायक तथा म्युजिक भिडियो निर्देशक साशन कंडेलले निर्देशन गरेका छन्। भिडियोमा सम्पदा बानियाँ र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.