|

बैतडी : नेपालीहरुको महान पर्व विजयादशमी तथा तिहारको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ।   

निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि सुरु हुने आयोजकले जनाएको  छ। प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र  र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र  राखिएको आयोजक  निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए।  कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी १ जनालाई  ११ हजार १११ ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक एक जनालाई जनही  ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र  पुरस्कार पाउने जनाएको छ। 

 १२ टोलीको सहभागीता रहने प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने १ जनालाई २ हजार २२२, सर्वाधिक चौका हिर्काउने १ जनालाई १ हजार १११ र सर्वाधिक क्याच समात्ने १ खेलाडीलाई नगद १ हजार १११ नगद, ट्रफी र प्रमाणपत्र  पुरस्कार पाउने बताईएको छ। यस्तै अनुसासित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी १ जनालाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ।  

असोज २५ गते भित्र टिम दर्ता गराईसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा ३ जनासम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुनेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.