|

कपिलवस्तु : शुद्धोधन गाउँपालिका–२  स्थित भुताहा सिँचाई योजना निर्माण सुरु भएको २५ वर्षपछि सम्पन्न भएको छ। मेहनिया गाउँ नजिक भुताहा खोला निर्माण गरिएको सिँचाइ आयोजना अढाई दशकपछि पूरा भएपछि गाउँपालिकाका किसान हर्षित छन्। आयोजना २०५० सालमा सुरु भएको हो।

प्राविधिकले गलत डिजाइन गरेकाले नै आयोयना ढिलो सम्पन्न भएको हो। १३ करोड पाँच लाख ६६ हजार रुपैयाँ आयोजना निर्माण भएको जानकारी दिइएको छ। पछिल्लो पटक २०७१ बैशाख २२ मा लुम्बिनी अर्घाखाँची आशिष जेभीले सम्झौता गरी काम थालेको थियो। ७१५ हेक्टर र ११ किलोमिटर मुल नहर रहेको छ। प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार सिँचाई योजनाले शुद्धोधन गाउँपालिकाका चार वटा वडाको ७०० भन्दा बढी हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने बताए ।

सिँचाई विकास डिभिजन डिई राजेन्द्र महत्तोका अनुसार आयोजना सम्पन्न भएपछि किसानमा उत्साह थपिएको छ। सिँचाई सुविधा नहुँदा यस क्षेत्रका खेतमा बाली डढ्ने र उत्पादन कम हुने गर्दथ्यो। तर सिँचाइको सुविधा भएसँगै त्यो समस्याबाट किसानले छुटकारा पाएका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.