प्रधानमन्त्री अोलीले ट्वीटमार्फत दिए शुभकामना

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदनिको शुभकामना दिएकी छिन्। राष्ट्रपति भण्डारी आइतबार बिहान लैनचौरस्थित घिमिरेको निवास पुगी उनलाई जन्मदिनको शुभकामना दिएकी हुन्।

भेटमा राष्ट्रपति भण्डारीले घिमिरेको स्वास्थ्यलाभको कामना गरिन्। उनले कविको एक सयौँ जन्मदिनमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताइन्। 

यसक्रममा भण्डारीले घिमिरेको परिवारसँग करिब १० मिनेट भलाकुसारी गरिन्। यसैगरी उनले घिमिरेले पाएका पुरस्कार, तक्मा, प्रमाणलगायतले भरिएको कोठाको अवलोकन समेत गरिन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा अोलीले पनि  राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन्। ट्वीटमार्फत प्रधानमन्त्रीले राष्ट्रकविलाई शुभकामना दिएका हुन्।

सयवर्ष प्रवेशका अवसरमा राष्ट्रकवि आदरणीय माधवप्रसाद घिमिरेज्यूमा हार्दिक वधाई ज्ञापन गर्दछु । तपाईंको आगामी जीवन आरोग्यमय र अझ साधनामय होस् भन्ने कामना गर्दछु । नेपाली भाषा साहित्य साधनामा संलग्न नयाँ पुस्ताले तपाईंबाट एक युगीन साक्षत्कारको अवसर पाइरहोस् । हार्दिक शुभकामना । pic.twitter.com/RK1HxuoV17

— K P Sharma Oli (@kpsharmaoli) September 23, 2018

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.