|

चीनले हङकङसँग जोड्न बुलेट ट्रेन सुरु भएको छ।

स्वतन्त्र हङकङको विरोधका बावजुद रेल सेवा सुरु भएको हो। यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ।

यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ। तर विवादास्पद कुरा के छ भने यो रेलको स्टेशन र रेलभित्र पनि चिनियाँ अध्यागमन अधिकारी र सुरक्षाकर्मीहरुले जाँच गर्न सक्छन्।

यसले चिनियाँ फौजदारी कानुनलाई पहिलो पटक विशेष प्रशासित क्षेत्र हङकङमा प्रवेश गराएको छ। यसले हङकङको स्वतन्त्रता र मिनी संविधान उल्लंघन गरेको आलोचकहरुले बताएका छन्। तर, सरकारले भने यो रेल सेवाले चीन र हङकङको व्यापारलाई थप उचाईमा पुर्‍याउने तर्क गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.