|

काठमाडौं : राष्ट्रकवि माधव घिमिरेको अाइतबार १००औँ जन्मदिन मनाइयो। १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं लैनचौरस्थित निवासमै विशेष पूजामा सहभागी भएका छन्। ‘१००औँ जन्मदिन मनाइरहँदा कस्तो अनुभव भइरहेको छ?’, थाहा खबरको प्रश्नमा उनले भने, ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो।

सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ।’ जीवनका आरोह अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले अाफू यो अवस्थामा अाइपुगेको उनले बताए। घिमिरे लमजुङको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले निवासमै पुगेर राष्ट्रकवि घिमिरेलाई शुभकामना दिएकी छन्। जन्मदिनको अवसरमा पूजामा सहभागी घिमिरेका केही तस्बिर झलक:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.