|

धनगढी : कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार राति बाबुले छोराको हत्या गरेका छन्। ७५ वर्षीय बाबु पहले लुहारको ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि वलीले जानकरी दिए।

समान्य घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको वलीले बताए। ‘सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुबाले गरेको आग्रहलाई नमान्दा झगडा भयो, आवेगमा बाबुले बञ्चरोले हाने’ प्रारम्भिक अनुसन्धान बताउँदै वलीले भने।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लुहारलाई उपचारको लागि टीकापुर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो। लुहारको उपचारकै क्रममा राति करिब १ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

बञ्चरो प्रहार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई कर्तव्य ज्यानअन्तर्गत मुद्‍दा चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.