|

काठमाडौं : नायिका स्वस्तिमा खड्काले फिल्म 'हजार जुनीसम्म'मा काम गर्ने भएकी छिन्। विकास आचार्यको निर्देशनमा बन्ने उक्त फिल्मका लागि स्वस्तिमा मुख्य भूमिकामा खेल्ने निश्चित भएको आचार्यले जानकारी दिए। उनका अनुसार स्वस्तिमासँग औपचारिक सम्झौता भने हुन बाँकी छ।

निर्देशक आचार्यले भने, 'हाम्रो फिल्ममा स्वस्तिमा रहने पक्का पक्की नै हो तर कागजी सम्झैता भने भएको छैन।' उनले स्वस्तिमाले फिल्ममको कथा मनपराएकी बताए। 

विकास आचार्यले निर्देशन गरेको फिल्म 'नाई नभन्नु ल ५'मा पनि स्वस्तिमा मुख्य भूमिकामा थिइन्। 'नाई नभन्नु ल ५' वर्षको सफल फिल्ममा गनिन्छ। 'हजार जुनीसम्म' फिल्मका लागि नायकको भने खोजी भइरहेको छ। फिल्म युनिटका अनुसार यस फिल्ममा नयाँ कलाकार रहनेछन्। फिल्मको लागि नयाँ अनुहारको खोजी भइरहेको फिल्म सम्बद्ध पक्षले जानकारी दिएको छ।

म्युजिकल लभ स्टोरी फिल्म 'हजार जुनीसम्म'मा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाको कथा तथा पटकथा रहने छ। तिहार पछि छायांकनमा जाने यस फिल्मलाई बाल बलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मीले निर्माण गर्न लागेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.