|

काठमाडौं : महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले चितुवाको एक थान छालासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्जुङ वेसीसहर नगरपालिका २४ का पमबहादुर तामाङ रहेका छन्।

उनलाई नयाँ बसपार्क प्रहरीले काठमाडौंको म्हैपीबाट शनिबार पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा उनले चितुवाको छाला बोरामा बोकी हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनलाई थप अनसन्धानको लागि वन कार्यालय बुझाएको प्रहरीको भनाइ छ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भालुको एक थान पित्तसहित चारजनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तुको आखेटोपहार ओसारपसार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा सिआइबीले उनीहरूलाई काठमाडौं चावहिल गोपीकृष्ण नगरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका ६ का रमित घतानी, सोहीका ठाउँका सन्त घतानी, सोलुखुम्बु दूधकोसी गाउँपालिका सागर तामाङ र दूधकोसी गाँउपालिकाकै मिङमार तामाङ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.