|
फोटो: विवेक बस्याल

काठमाडौं : गत शुक्रबारबाट फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनमा आएको छ। शुक्रबार र शनिबार फिल्मले बम्पर व्यापार गर्न सफल भयो। यस वर्षकै सर्वाधिक 'इनिसियल' व्यापार गर्ने फिल्ममा 'इन्टु मिन्टु लण्डनमा' घोषित भयो।

फिल्ममा मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर प्रस्तुत छन्। धिरजको यस फिल्म डेब्यु हो भने साम्राज्ञीको पाँचौ। फिल्मले राम्रो व्यापार गरिरहँदा निर्माण युनिट विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षत्कार पनि गरिरहेका छन्।

शनिबार हलमा दर्शक साक्षत्कार गर्न पुगेकी साम्राज्ञीले मिडियासामु नायिकको कारण मात्र फिल्म नचल्ने र नायिकाको कारण पनि फिल्म चल्ने बताइन्। उनले भनिन्, 'निर्माता तथा फिल्म मेकरहरु हिरोका कारण मात्र फिल्म चल्छ भन्ने सोच्छन्। त्यो सोचाइ एकदमै गलत लाग्छ। अहिले हिरोइनको कारण पनि फिल्म चल्न थालेका छन्।' साम्राज्ञीले घुमाउरो पारामा आफ्नो स्टारडमका कारण पनि फिल्म चलेको बोलिरहेकी थिइन्।

साम्राज्ञीले केही समयअघि पोखरामा पनि पत्रकार भोटघाटमा यस कुरा बोलेकी थिइन्। त्यहाँ उनले फिल्म चल्नको लागि आफूलाई नायक नचाहिने र नायक तथा निर्माताहरुको लागि आफू चाहिने बताएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.