|

धनगढी : सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले कैलालीको भजनी नगरपालिका–  ३ कुसुमघाटबाट ७१ लाख ७९ हजार ३०० भारतीय रुपैयाँसहित एक जना नेपालीलाई पक्राउ गरेको छ। 

नेपाल-भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा ल्याउँदै गरेको उक्त परिमाणको भारतीय रुपैयाँसहित लम्की चुहा नगरपालिका– १ का ३१ वर्षीय कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो। आलुको बोरा लिएर आउँदै गरेको से४प ६७६० नम्बरको मोटरसाइकलमा भातरीय रकम बरामद गरेको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णुप्रसाद भट्टले बताए।

‘विशेष सुराकीको आधारमा हामी हिजो साँझदेखि नै पछि लागेका थियौँ। आज बिहान पक्राउ गरेका हौँ’, भट्टले भने। भारतबाट ठूलो रकम लुटेर ल्याइएको हुन सक्ने सशस्त्र प्रहरीले अनुमान लगाएको छ। ‘पक्राउ परेको व्यक्तिले म मात्रै संलग्न छैन भनेको छ। अन्य व्यक्तिहरूका विषयमा पनि अनुसन्धान गर्नेछौँ’, भट्टले भने।

जोशीबाट बरामद गरेको भारतीय रुपैयाँको नेपाली एक करोड १४ लाख ८८० रुपैयाँ हुन्छ। बरामद रकम, मोटरसाइकल र व्यक्ति सबै राजश्व अनुसन्धान विभागमा बुझाइने डिएसपी भट्टले बताए। राजश्व अनुसन्धान विभागले थप अनुसन्धान गर्ने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.