|

उदयपुर : प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने बताएका छन्। संघीयताको मर्म र भावनाको कदर गर्दै सवै मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका कार्यालयहरू फरक-फरक जिल्लामा राख्ने बताएका हुन्।

त्रियुगा जनता बहुमुखी क्याम्पस, गाइघाट उदयपुरको ९ औं साधारणसभा तथा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजानिक कार्यक्रममा यस्तो बताएका हुन्। ‘संघीयताको मर्म अनुसार प्रदेश १ सरकारको मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका सवै कार्यालय एउटै जिल्लामा हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘पायक पर्ने क्षेत्र अनुसार फरक-फरक जिल्लामा प्रदेश  सरकारका मन्त्रालय, कार्यपालिकाका कार्यालय राख्ने तयारी गरिएको छ।’

धनकुटामा शिक्षा र स्वास्थ्यको निर्देशानालय खोल्न मन्त्रिपरिषदको बैठकले निर्णय गरिसकेको भन्दै राईले भने, ‘प्रदेश १ का १४ जिल्लामा प्रदेश सरकारका कार्यालयहरू हुनेछन्। संघीयताको मर्म अनुसार सवै जिल्लामा कुनै न कुनै कार्यालय हुने राईको भनाई छ। ‘एक हप्ताभित्र प्रदेश सरकारका कार्यालयहरू खुल्ने छन,’ उनले भने,‘त्यसको तयारीमा प्रदेश सरकार लागि परेको छ।’

सोही कार्यक्रममा उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गरिने पनि मुख्यमन्त्री राईको उद्घोष छ। ‘प्रदेश १ मा रहेका सामुदिायक क्याम्पसमध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस उत्कृष्ठ हो,’ उनले भने, ‘यस क्याम्पसलाई नीति तथा कार्यक्रममको विकास गर्न प्रदेश सरकारले नीति तथा बजेट कार्यक्रममा समेत समेटेको छ।’

त्रियुगा बहुमुखी क्यम्पस भौतिक पूर्वाधारले सुविधासम्म भएको मुख्यमन्त्री राईको जिकिर थियो। सोही कार्यक्रममा बोल्ने उदयपुरका प्रदेशसभा सदस्यहरूले प्रदेशकै विश्वविद्यालयको रुपमा विकास गर्न अपरिहार्य रहेको  पनि औल्याए। क्याम्पसकाे साधारणसभा तथा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट  सार्वजानिक गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा अनुमानित व्ययतर्फ कुल बजेट चार करोड ७१ लाख दुई हजार ८३१ रुपैयाँ रहेको र आयतर्फ चार करोड ४९ लाख ८६ हजार ७४५ हुने क्याम्पस प्रमुख रमेश रोक्काले जानकारी दिए। रोक्का अनुसार क्याम्पसलाई २१ लाख १६ हजार ८६ रुपैयाँ अपुग हुने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.