|

धनगढी : प्रदेश ७ मा सरकारको नीति कार्यक्रमबमोजिम प्रदेशको बस सेवा सञ्चालन गर्नेबारेमा गृहकार्य भइरहेको छ। प्रदेश सरकारले प्रस्तुत गरेको चालूआर्थिक वर्ष २०७५/०७६ को बजेट नीति कार्यक्रममा प्रदेशमा यातायात व्यवस्थालाई सहज, सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउनका लागि प्रदेश बस सेवा सञ्चालनको अवधारणालाई मूर्तरुप दिइने उल्लेख छ। यसका लागि प्रदेश सरकारले चालू वर्षमा २० करोड रुपैयाँ विनियोजन गरेको छ। 

यातायात सेवा सञ्चालन गर्न सकिने सम्भाव्य सडक र सडक रुटको पहिचान, ती सडकमा यात्रुको आवागमनको अवस्था, सञ्चालनका लागि उपयुक्त हुन सक्ने यातायातको साधन, यात्रुको भाडा दर, आर्थिक रुपमा दिगो हुने नहुनेलगायतका विषयमा गृहकार्य भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी श्यामबहादुर खड्काले बताए। 

'प्रदेशमा रहेका धनगढी, भीमदत्तनगर, टीकापुर जस्ता ठूला शहरलाई यातायात सेवामार्फत जोड्ने गरी यो सेवा सञ्चालन गर्नेबारे सोच बनिरहेको छ', खड्काले भन], 'अहिले नै यो विषयमा अन्तिम टुंगाे भने लाग्न बाँकी रहेको छ।' खारेजीमा परी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत आएका विभिन्न कार्यालयको प्रदेशको आफ्नो संगठन संरचना बनाउने काममा पनि मन्त्रालयकेन्द्रीत भएको छ। 

प्रदेशका सबै नौ जिल्लामा रहेका सिंचाइसँग सम्बन्धित डिभिजन र सव-डिभिजन कार्यालय, चारवटा पूर्वाधार विकास कार्यालय, तीनवटा शहरी तथा भवन निर्माण डिभिजन, तीनवटा खानेपानी डिभिजन कार्यालयको संगठन संरचना बनाउँदै यी कार्यालयका लागि चालू आवका लागि विनियोजित बजेट कार्यान्वयनमा गर्न मन्त्रालयकेन्द्रित रहेको खड्काले बताए। यसबाहेक आव वर्षको कार्यक्रम कार्यान्वयनका लागि आवश्यक ऐन, नियम, नीति, मापदण्ड, कार्यविधि, निर्देशिका आदि तयार गर्ने काम पनि भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.