|

दाङ : दाङको घोराही उपमहानगरपालिका १५ मा रहेको सीसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ।

व्यवसाय गर्न चाहनेहरूलाई लक्षित गरेर शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा दिन सुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले बताए। अध्यक्ष शर्माका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई २५ हजार, प्लस टु गरेकालाई एक लाख ५० हजार, स्नातक गरेकालाई तीन लाख र स्नातकोत्तर पास गरेकालाई पाँच लाख रुपैयाँ कर्जा सहकारीले दिन सुरु गरेको हो।

यसरी कर्जा लिनेहरूले कर्जा लिने बेला प्रतिबद्धताअनुसारको व्यवसाय गर्नै पर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ। सहकारी क्षेत्रमा केही नमूना योग्य काम गर्ने सोच रहेको भन्दै संस्थाले अहिले नयाँमा पेन्सन बचत, उपदान बचत, सञ्चय कोष बचत, दोब्बर बाल बचत र सगुन विशेष बचत पनि सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.