|

जनकपुरधाम : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा गत ९ दिनदेखि फैलिएको झाडापखाला (डायरिया) अझै नियन्त्रण बाहिर देखिएको छ। जलेश्वर नगरपालिका १२ अन्तर्गत रहेको नैन्हीमा गत शनिवारदेखि फैलिएको झाडापखालाको विरामी संख्या बढ्दै गएपछि चिकित्सकहरूले नियन्त्रण बाहिरको संज्ञा दिएका छन्। 

आइतबाार साँझ ६ बजेसम्म बजेसम्म झाडापखालाबाट ग्रसित विरामीको संख्या २२४ पुगेपछि अझै नियन्त्रण बाहिर रहेको जनाइएको छ। नेपाल तथा भारतको सिमावर्ती शदगज्जासँग जोडिएको नैन्ही गाउँको मस्लिम बस्तीमा झण्डै ३५० घर परिवार मध्येबाट २२४ जनामा हालसम्म झाडापाखाला (डायरिया) देखिएको छ। बस्तीभरि नै एकपछि अर्कोलाई गर्दै झाडापखालाको महामारी फैलिएपछि त्यहाँका बासिन्दाहरुमा त्रास उत्पन्न भएको छ। 

झाडापखालाको माहामारी नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको नेतृत्वमा खटिएको स्वास्थ्य टोली अनुसार २ गतेदेखि हालसम्म ५ वर्ष उमेर समूहका बालबालिकाहरूमा संक्रमणको संख्या २८ देखिएको छ। जसमध्ये बालक ७ जना र बालिका २१ जना रहेकाछन्। यस्तै ६ देखि १४ वर्ष उमेर समूहका २८ बालक र ३५ बालिका, र १५ वर्ष भन्दा माथिका ४६ पुरुष र ६४ महिलामा झाडापखालाको संक्रमण देखिएको नगरका प्रमुख डा. सुबोध मिश्रले जानकारी दिए। साथै ४ गर्भवती महिला, १ दुधेआमा र १८ जनालाई जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरमा रेफर गरिएको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिए। हाल झाडापखाला प्रभावित क्षत्रमा १५ सदस्यीय चिकित्सक टोली खटाइएको छ। 

यता काठमाडौंबाट स्वास्थ्य तथा जनसंख्या विभागको एक टोलीले झाडापखाला प्रभावित क्षेत्रमा पुगी वस्तुगत अवस्थाबारे जानकारी लिँदै डायरियाको प्रकार परीक्षणका लागि काठमाडौं पठाइएको र सोमबारसम्म रिपोर्ट आउने जनाइएको छ। जलेश्वर नगरपालिका १२ नैन्हीमा गत सोमबार झाडापखालाबाट ४ वर्षीया खुश्वु खातुनको मृत्यु भएपछि असोज २ गतेदेखि प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाइएको थियो। 

नैन्हीमा ३ महिना पूर्व मात्र नौलो घुम्ती नामक गैरसरकारी संस्थाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको थियो। तर सो गाउँको बाटोघाटोमा जताततै खुल्लामा दिशा गरेको पाइएको छ। झाडापखाला प्रभावित क्षेत्रमा खटिएका चिकित्सक डा.सुबोधका अनुसार सानो भुरा माछा तथा खुल्ला स्थानमा शौच र कुखुराजन्य संक्रमणका कारण भाडापखला फैलिएको प्रारम्भिक अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.