|

उदयपुरः प्रदेश सरकार संक्रमणकालीन अवस्थामा अघि बढिरहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गुनासो गरेका छन। प्रदेश सरकारलाई गाइडलाइन गर्ने विभिन्न प्रकारकार ऐन, नियम, निर्देशिका बनाउँदै अघि बढिरहेको दुःख व्यक्त गरेका हुन्।

आइतबार उदयपुरको वेलका नगरपालिका ९ मा नवनिर्मित रामपुर स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै यस्तो दुखेसो पोखेका हुन्। ‘नियम, कानुन, निर्देशिका बनाउँदै प्रदेश सरकार अघि बढेको छ,’ उनले भने, ‘जसलाई हामीले तीब्र गति बनाउनु पर्नेछ। आफू हिड्न बाटो आफैँ बनाउनु पर्ने बाध्यततात्मक परिस्थितिबाट प्रदेश सरकार अघि बढिरहेको छ।’

घिमिरेले जति सक्दो छिटो संक्रमणकालीन अवस्थाको अन्त्य गरी तीव्र गतिमा सेवा प्रदान गर्ने प्रयासमा प्रदेश सरकार रहेको ठोकुवा पनि गरे। ‘हामीसँग साधन स्रोत पनि संघीय सरकारले दिएको बजेट मात्र छ,’ उनले भने, ‘प्रदेश सरकारको बजेटको स्रोत पनि सिर्जना भइसकेको छैन।’ उनले जनतामा भएको धेरै आकांक्षालाई सम्बोधन गर्न नसक्ने गुनासो समेत गरे।

वेलका नगरपालिकाको खेल मैदान निर्माणको लगि नगरपालिकासँग सहकार्य गरेर काम गर्ने गर्न सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको पनि बताए। ‘बेलकाका १० वटा विद्यालयलाई प्रविधिमैत्री बनाउने निर्णय पनि गरेका छौँ,’ वेलका नगरमा प्रदेश सरकारले दिएका योजनाहरू प्रष्ट पर्दै भने, ‘वेलकामा एम्बुलेन्स र सर्पदंशको उपकरण खरिदको लागि प्रदेश सरकारको तर्फबाट २५ दिने वचन दिन्छु।’

उनले अपुग रकम वेलका नगरपालिका र अन्य स्रोतबाट जुटाउन आग्रहसमेत गरेका थिए। वेलाका ९ रामपुरले नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरु गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.