|
Photo : espncricinfo.com

एसिया कप सुपर फोरमा क्रिकेट दुनियाँका चीरप्रतिद्वन्दी भारत र पाकिस्तान भिडिरहेका छन्। दुबईमा जारी खेलको पहिलो इनिङ सकिएको छ। पाकिस्तानले भारतलाई २३८ रनको चुनौती दिएको छ। खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २३७ रन बनाएको थियो।

पाकिस्तानका लागि सोएब मलिकले ७८, सर्फराज अहमदले ४४, फकिर जमानले ३१, आसिफ अलिले ३० रन जोडेका थिए। सोएब र सर्फराजले महत्वपूर्ण साझेदारी गरेर पाकिस्तानलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए। उनीहरूले १०७ रनको साझेदारी गरेका थिए।

भारतका लागि युभेन्द्र चहल, जसप्रित बुमराह र कुलदीप यादवले दुईदुई विकेट लिएका थिए। 

भारत र पाकिस्तान एसिया कपमा यो दोस्रोपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। समूहचरणको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो।

अबको केही समयमा भारतले ब्याटिङ गर्नेछ।

(यसअघि अन्यथा भएकोमा सच्याइएको छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.