|

एसिया कप सुपर "फोर" अन्‍तर्गतको खेलमा भारतले पाकिस्‍तानलाई पराजित गरेको छ। आइतबार भएको खेलमा  भारतले पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेर फाइलमा प्रवेश गरेको हो। 

भारतले ६३ बल बाँकी छदै लक्ष्य भेट्टाएको थियो। संयुक्त अरब यमिरेट्सको दुबईमा भएको खेलमा पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले सहजै पूरा गरेको थियो। भारतका लागि दुवै ओपनरले शतक बनाए। पाकिस्तानका बलर भारतका ब्याट्सम्यानका सामू निरीह सावित भए।

भारतका ओपनर शिखर धवन ११४ रन बनाएर आउट भएका थिए। अर्का ओपनिङ ब्याट्सम्यान तथा भारतका कप्तान रोहित शर्माले नटआउट १११ रन बनाए। धवन आउट भएपछि मैदान प्रवेश गरेका अम्बाती रायडुले नटआउट १२ रन बनाए। पाकिस्तानलाई धवनको एकमात्र विकेट रन आउटमा मिलेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले भारतलाई २३८ रनको चुनौती दिएको थियो। खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २३७ रन बनाएको थियो। पाकिस्तानका लागि सोएब मलिकले ७८, सर्फराज अहमदले ४४, फकिर जमानले ३१, आसिफ अलिले ३० रन जोडेका थिए।

सोएब र सर्फराजले महत्वपूर्ण साझेदारी गरेर पाकिस्तानलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए। उनीहरूले १०७ रनको साझेदारी गरेका थिए।

भारतका लागि युभेन्द्र चहल, जसप्रित बुमराह र कुलदीप यादवले दुईदुई विकेट लिएका थिए।

*( यसअघि भारत फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकोमा सच्‍चाएका छौैँ)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.