|

बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरे पहिरो तथा जम्मा भएको पानीको ताल तत्काल फुटाउन असम्भव देखिएको छ।

व्यवस्थापनका निम्ती आएको नेपाली सेनाको टोलीले शनिबार स्थलगत अध्ययन र अवलोकन गदै तत्काल ताल फुटाउन असम्भर रहेको जनाएको हो। कालिभनजंग गण पोखरादेखि आएको बम डिस्पोजल सेनाको टोलीले घटना स्थलको अवलोकन गरेको हो। टोलीमा सहभागि बम डिस्पोजल (प्रेरसे) राधाकृष्ण थापाका अनुसार हाललाई जम्मा भएको ताललाई आफुहरुले फुटाएर पानीको बहाब घटाउन सक्ने अवस्था नरहेको र केहि दिनपछि पानीको वहाब केहि मात्रामा घटेपछि मात्र ताल फुटाउन सकिने बताए। उनले लोकमार्ग सञ्चालनका निम्ती सडक डिभिजनको टोलीले निरीक्षण गरेपछि काम सुचारु भएको खण्डमा ढुंगा बलास्टिङ्ग गर्न सकिने प्रतिकृया दिए।

तुरुन्तै  ताल फुटाउँदा तल्लो भूभाग अर्थात नदि तटिय क्षेत्र आसपासका जनतालाई क्षति पुर्‍याउन सक्ने भएका कारण तत्कालको अवस्थामा ताल खुलाउन नसकिने उनको ठहर छ। डिस्पोजल टोलीकै अमिरजञ्ग राउतका अनुसार सडक विभागले डोजरको सहयताले पहिरोमा भएको ढुंगा हटाउन नसकेको खण्डमा आफनो टोलीले घटना स्थल क्षेत्रमै रहेर बम ब्लास्टिङ्ग गर्न सक्नेछ।

सडक विभागले समेत पहिरो व्यवस्थापन गरी सडक खुलाउन ढिला गरीरहंदा मध्यपहाडि लोकमार्ग सञ्चालन हुन अझै केहि दिन लाग्ने भएको छ। ताल फुटाउने योजनाका साथ बागलुङ आएको सेनाको टोली शनिबारनै पोखरा फर्किएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.