|

काठमाडौं : नेपाल सरकार, मन्त्रीपरिषद्को असोज पाँचको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी नरेशचन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित बिशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथीद्वय क्रमश भण्डारी संभाररथीेको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा भएको पनि सैनिक निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.