|

बाग्लुङ : धौलागिरी अञ्चल अस्पतालमा १३ विशेषज्ञसहित २३ जना डाक्टरको दरबन्दी छ। तर, अस्पतालमा दुई जना मात्र विशेषज्ञ डाक्टर छन्। केही मेडिकल अधिकृत र ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारी छन्।

विशेषज्ञ नभए पनि डा. राजभण्डारीलाई सबै प्रकारको विज्ञ बन्न बाध्यता छ। त्यसमा पनि दैनिक आउने प्रसूति सेवालाई प्रभावकारी बनाउन बाध्यता बढी छ। अपरेशन पनि उनैले गर्नुपर्ने हुन्छ। अस्पतालमा दैनिक दुई देखि चार जनासम्मको अपरेशन हुनछ। त्यसमा राजभण्डारीकै खटिनुपर्ने हुन्छ।

गत साता पर्वत, शालिजाकी गौमाया पुनलाई लामो व्यथा लाग्दा पनि बच्चा नजन्मेपछि अपरेशन गरेर बच्चा निकालियो। त्यसमा डा. राजभण्डारी नै थिए। तर, उनी स्त्रीरोग विशेषज्ञ होइनन्। प्रमुख कन्सल्ट्यान्टको रुपमा मेसु भएका राजभण्डारीले त्यतिले मात्र सुख नपाएर रेडियोलोजिस्ट, बालरोग, फिजिसियन र हाडजोर्नी, नाक कान घा“टीको पनि काम गर्दै आएका छन्। 

मागेको दरबन्दी नपाएपछि यी सबै काम गर्नुपर्ने बाध्यता रहेको राजभण्डारी सुनाउँछन्। ‘मेरो काम होइन भनेर पनि सुख पाएको छैन,’ राजभण्डारीले भने, ‘साह्रै समस्यामा परेर आएका बिरामीलाई सक्दिन भनेर पठायो भने ज्यानकै खतरा हुन्छ, के गरौं, काम गरिरहेकै छु।’ बाग्लुङ–पोखरा राजमार्ग निर्माणाधीनज भएकाले त्यस क्षेत्रबाट पोखरा पुग्न पाँच घण्टा लाग्छ। त्यसैले तत्काल अपरेशन गर्नुपर्ने बिरामीको ज्यान जाने सम्भावना हुने भएकाले अप्रेसन गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

उनले पटक पटक मन्त्रालयमा दरबन्दी अनुसारका डाक्टर र विशेषज्ञ माग गरेको बताए। ‘पटक पटक माग गरेको छु,’ उनले भने, ‘काठमाडौं गएर बसौं भने आएका बिरामीको पनि बेहाल हुन्छ।’ 

केही समयदेखि अस्पताल विकास समिति पनि खारेज भएको छ। नया“ समिति बनेको छैन। व्यवस्थापकीय कामका लागि चिकित्सकहरुकै टोलीले सामाजिक अगुवाको सल्लाहमा काम गरिरहेका छन्। अस्पतालमा रेडियोलोजिष्ट र नाक कान घा“टीको मात्र विज्ञ आएका छन्। प्रसूति विभागमा काम गर्दै आएकी डा. अस्मिता पाठक समेत आफैं सुत्केरी बिदामा छन्। 

‘प्रमुख कन्सल्ट्यान्ट भैसकेकाले अधिकांश तालिम अपरेशनकै गर्नुभएको छ, त्यसैले उहा“ पनि विशेषज्ञ जस्तै हो,’ अस्पतालका सूचना अधिकारी रामप्रसाद खनालले भने, ‘अन्य विज्ञ नहु“दा राजभण्डारीबाट कुनै पनि काम रोकिएको छैन।’ अस्पतालमा दरबन्दी अनुसारका बिज्ञ नआउनु, भवन अलपत्र पर्नु र भएका उपकरण समेत जडान गर्न नपाएकाले समस्या भएको उनले बताए। 

अस्पतालमा सात वर्षदेखि निर्माणाधीन भवनहरु अझै पूरा भएका छैनन्। तीनवटा भवनमध्ये २०६९ सालमा सकिएको पहिलो भवनबाहेक दुईवटा नबन्दा प्रशासन छाप्रोमा सञ्चालन भएको छ। ओपिडी, इमरजेन्सीदेखि सबै प्रकारका सेवा एकै ठाउ“मा दिनुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.