|

साबिक लालिगा च्याम्पियन बार्सिलोना आइतबार संघर्षपुर्ण बराबरी खेल्न बाध्य भयो। १० खेलाडीमा सीमित भएको बार्सिलोनाको सम्भवित हार जेरार्ड पिकेले टारेका थिए। घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना जिरोनासँग २–२ को बराबरीमा रोकियो।

खेलको ३५ औं मिनेटमानै बार्सिलोनाका क्लेमेन्ट लेङ्गलेन्ट सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। पहिलो हाफमा नै १० खेलाडीमा समेटिएकाे थियाे। पहिलो हाफको १० मिनेट र पूरै दोस्रो हाफ १० खेलाडीमा सीमित रहेको बार्सिलोनाई जिरोनासँगको हारबाट पिकेले जोगाएका हुन्।

१९ औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलबाट घरेलु टोलीले सुरुवाति अग्रता लिएको थियो। तर ४५ औँ मिनेटमा क्रिष्टियन स्टुआनीले जिरोनाका लागि बराबरी गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा ल्याए। तर दोस्रो हाफको ५१ मिनेटमा जिरोनले अग्रता लिएको थियो। 

बार्सिलोनाका लागि पिकेले ६३ औँ मिनेटमा बराबरी गोल फर्काए र हारबाट जोगाए। बराबरीपछि पाँच खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। १३ अंक नै भएको रियल म्याड्रिड पछि छ। यद्यपी बार्सिलोनाको निरन्तर जितको यात्राको भने अन्त भएको छ।

आइतबार राति नै भएका अन्य खेलमा सेभिल्लाले लेभान्टेलाई ६–२ ले हरायो भने रियल बेटिस र एथ्लेटिको बिल्बाओले २–२ तथा भिल्लारियल र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.