|

युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको खेलमा बंगलादेशले अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ। आइतबार भएको खेलमा अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित। लगातार दुई हारसँगै अफगानिस्तानको फाइनल सम्भवना कमजोर बनेको छ।

शेख जायद क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २५० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ४६ रन मात्र जोड्न सक्यो।अफगानिस्तानका हास्मतउल्लाह शाहिदी र मोहमद शाहजादले अर्धशतकीय इनिङस खेलेपनि टिमको हार टार्न सकेनन्। शाहिदीले ७१ तथा शाहजादले ५३ रन जोडे।  यस्तै कप्तान अस्घर अफगानले ३९ रन जोड्दा मोहमद नाबीले ३८ रन बनाए।  बंगलादेशका माश्रफि मुर्तजा र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ४९ रन जोडेको थियो। बंगलादेशका लागि ममुदुल्लाहले ७४ रन जोड्दा इम्रुल कायेसले अविजित ७२ रनको अर्धशतकीय इनिङ खेले। यस्तै लिटोन दासले ४१ रन जोडे। अफगानिस्तानका अफ्ताब आलमले ३ विकेट लिए।

जितपछि बंगलादेशले दुई खेलमा दुई जित निकालेको छ। बंगलादेश तेस्रो स्थानमा रहेको छ। जितले बंगलादेशको फाइनल सम्भवना कायम छ। अंकविहिन अफगानिस्तानको भने लगभग प्रतियोगिताबाट बाहिरियो। सुपर चारमा २ खेलबाट ४ अंक जोडेको भारत शीर्ष स्थानमा रहेको छ। पाकिस्तानले २ अंक जोडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.