|

इटालियन क्लब युभेन्नटसमा आबद्ध भएपनि आफ्नो रियल छवि देखाउन असफल हूँदै आएका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोले सिरी ए अन्तर्गत आइतबार भएको खेलमा गोल गर्न सफल भएका छन्।  केहि दिन अघि च्याम्पियन्स लिग फुटबलमा रातो कार्डका कारण तनावमा रहेका रोनाल्डोले युभेन्टसमा गोल गरेपछि भने उनलाई केहि राहत महसुस भएको छ। रोनाल्डोको सिरी ए मा यो तेस्रो गोल हो।

युभेन्नटसले लिग अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई २–० ले पराजित गर्दा एक गोल रोनाल्डोको नाममा रह्यो।  अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जित निकाल्नका लागि अन्तिमको समयसम्म पर्खनु परेको थियो। युभेन्टस र रोनाल्डोलाई फ्रोसिनोनेको पोस्टमा गोल गर्न ठुलै संघर्ष गर्नु परेको थियो। ८१ औँ मिनेटसम्म गोल रहित बराबराबरी भएको खेलमा रोनाल्डोले पहिलो गोल गर्दे टिमलाई अग्रता दिलाए। इन्जुरी समयको चौथो मिनेटमा बर्नार्डेस्कीले गोल गरेपछि युभेन्टस २–० ले विजयी भयो।

अधिकास‌ं समय बल आफ्नो पक्षमा पारेपनि गोल गर्न नसक्दा युभेन्टस दबाबमा खेएिको थियो।  रोनाल्डोले गत बुधबार च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सियासँगको खेलमा रातो कार्ड पाएका थिए। लगातार पाँच खेल जितेको युभेन्टसको १५ अंक भएको छ र दोस्रो स्थानको नापोली भन्दा तीन अंकले अघि रहेको छ। राति नै भएको खेलमा नापोलीले तोरिनोलाई ३–१ ले हरायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.