बैतडी : गएको दुई हप्ता यता र्बैतडीको तल्लोस्वराडमा चितुवाले आतंक मच्चाएको छ।
पञ्चेश्वर गाउँपालिका–४ निङलाडमा चितुवा दिनहँुजसो बाख्रा खान थालेपछि स्थानीयबासी त्रसित बनेका छन्। गएको दुईहप्ता यता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीयबासी नरेन्द्रबहादुर चन्दले बताए। दिनँहुुजसो देखिने चितुवाले मानिस समेत डराउने गरेका छन् उनले भने ‘अहिले सम्म स्थानीय किसानका एक दर्जन बढी बाख्रा चितुवाले खाईसकेको छ।’
स्थानीय हरि चन्द, लक्षी चन्द, शंकर चन्द, मनोज चन्द, सन्तोषी चन्द, गोरख चन्दलगायतका किसानहरुले पालेका बाख्रा चितुवाले खाएको बताइएको छ।
गाउँमा चितुवालेलगातार बाख्रा खान थालेपछि स्थानीयबासीहरु त्रसित बनेका हुन्। चितुवाले पटकपटक मानिसलाई आक्रमण गर्ने भएकाले बाख्रा खाने चितुवाले मानिसलाई समेत आक्रमण गर्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीयबासी नरेन्द्र चन्दले बताए।
विस २०६९ साल यता तल्लोसोराडमा चितुवाले लगातार रुपमा आतंक मच्चाउँदै आएको छ। अहिले सम्म चितुवाको आक्रमणबाट २३ जनाको ज्यान समेत गईसकेको छ। उक्त चितुवा मार्नको लागि स्थानीय प्रशासनले बेलाबेलामा सुरक्षाकर्मी परिचालन गर्ने गरेको भएपनि मार्न सकेको छैन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।