|

गुल्मी : भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि गुल्मीमा तेस्रो किस्ता लिनेको संख्या जम्मा ३ सय ८७ जना रहेको पाइएको छ।  जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्ला भूकम्पबाट पूर्ण रूपमा क्षति भएका कुल ४ हजार १ सय ४४ लाभग्राहीमध्ये ३ हजार ९ सय १६ लाभग्राहीले पहिलो किस्ता लिएका छन्। यस्तै दोस्रो किस्ता लिनेको संख्या भने १ हजार ७ सय १६ रहेको छ। 

पहिलो किस्ता लिइसकेकाले घरको जग राखिसकेपश्चात् दोस्रो किस्ताको दाबी गर्न पाउने प्राबधान रहे पनि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिई  २ हजार  २ सय लाभग्राहीले घर नबनाएको कार्यालयको तथ्यांकले देखाएको छ।  भूकम्पले सबैभन्दा बढी जिल्लाको कालिगण्डकी गाउँपालिकामा १ हजार ७० घरहरु पूर्णरूपमा क्षति भएका थिए सो गाउँपालिकामा प्रथम किस्ता लिनेको संख्या १ हजार नौ, दोस्रो किस्ता लिनेको संख्या ४ सय १६ र तेस्रो किस्ता लिनेको संख्या भने १ सय ४२ रहेको छ।

जिल्ला आयोजनाका प्रमख इन्जिनियर  बैकुण्ठ अर्यालले  पहिलो किस्ता लिएका तर घर बनाउन सुरु पनि नगरेका लाभग्राही धेरै मात्रामा रहेको पाइएको बताए। ‘उनीहरूले राज्यलाई ठग्न पाइन्छ भनेका होलान् तर राज्यले यसै खान दिँदैन त्यसैले समयमै घर बनाए राम्रो हुन्छ’ उनले भने। कतिपय लाभग्राहीहरुले घर बनाइसकेका छन् तर मापदण्डविपरीत बनेकाले पनि अन्तिम किस्ता दिनमा समस्या भइरहेको दाबी गरे।  ‘कतिपय लाभग्राहीहरू भने पहिलो किस्ताको रकम माग गर्नसमेत आएका छैनन्, सायद उनीहरूले घर नबनाउने भएर’ होला अर्यालले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.