सल्यान : अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा आमुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दार्मा गाउँपालिका १ विष्टगाउँकी २० वर्...

सल्यान : शारदा नगरपालिका–१ श्रीनगरमा रहेको रुद्रेश्वर महादेव मन्दिरको गुठीको १०४ रोपनी जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गर्दै आएका छन्। सरकारले २०५५ सालमा मोही जग्गा रैकरमा परिणत गरेर प्रयोग गर्न पाउने निर्णय गरेपछि महादेवको जग्गा अतिक्रमण भएको स्थानीय शेरबहादुर खत्रीले बताए।
उनका अनुसार अहिले शिवजन मावि रहेको स्थानदेखि बसपार्क र टाउन प्लानिङ गरेको स्थान पनि गुठीको जग्गा थियो। अहिले मन्दिर अगाडिको पुरानो भवन मात्र गुठीको नाममा बाँकी रहेको छ ।
२० वर्षअघि मोहीका रूपमा प्रयोग गरेका गुठीको जग्गा रैकरमा परिणत गरेर बिक्रीसमेत गरेका छन्। पहिले गुठीका नाममा रहेको अधिकांश जग्गामा पछिल्लोे समय पक्की घर र अन्य संरचना बनेका छन्।
जिल्ला मालपोत कार्यालयका अनुसार रुद्रेश्वर महादेवको गुठीको नाममा २१ रोपनी जग्गा देखिएको कार्यालय प्रमुख लीलाबहादुर बस्नेतले बताए। गुठीका नाममा रहेको दुई रोपनी छ आना बगर खेत कार्यालयको ढड्डामा देखिए पनि कहाँ छ भन्ने पत्ता लगाउन नसकिएको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।