|

इलाम : संघीय सरकारले एक प्रदेश एक सांस्कृतिक ग्रामअन्तर्गत इलामको सन्दकपुर गाउँपालिका घोषणा भएपछि विकास पूर्वाधार निर्माणका काम सुरु भएको छ। २० वर्षे कार्यायोजना बनाएर पर्यटन विभागमार्फत पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न लागेको हो।

गत आर्थिक वर्ष सरकारले सन्दकपुरलाई पर्यटकीय गन्तव्य कार्यायोजना निर्माण गरेको थियो। पर्यटकीय क्षेत्रका लागि पूर्वाधार निर्माणका काम सुरु भएपछि स्थानीयवासी उत्साहित भएको गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले बताए।

संघीय सरकारले प्रत्येक प्रदेशको एउटा स्थानलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ। त्यसमा प्रदेश १ को सन्दकपुर, प्रदेश २ को जनकपुरधाम, प्रदेश ३ को इन्द्रसरोवर, प्रदेश ४ को पोखरा, प्रदेशको ५ को भैरहवाको लुक्लिहवा र प्रदेशको ७ भादगाउँलाई पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको छ। उक्त स्थानको पूर्वाधार विकासका लागि सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ।

एकै ठाउँबाट तीन मुलुकको हिमाल देखिने सन्दकपुर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.