|

काठमाडौं : अभिनेता तथा गायक यश कुमारको डेब्यु निर्देशन रहेको फिल्म ‘छिरिङ्ग’को नयाँ गीत सार्वजनिक भएको छ। अरुणा लामा र रुद्र गुरुङको चर्चित गीत ‘ए कान्छा’को पहिलो हरफलाई रि-रेकर्डिङ गरी यस फिल्ममा समावेश गरिएको छ। पासाङ ब्याङ्गबल र यश कुमारले लेखेको उक्त गीतमा अम्बर गुरुङ र यश कुमारको संगीत रहेको छ।

गीतमा यश कुमार र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा यश कुमार र नव नायिका कामना भुजेल फिचरिङ छन्।

असोज १२ गतेबाट प्रदर्शनमा आउने यस फिलममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको लगानी रहेको छ। यश कुमार र याम थापाको पटकथा समावेश फिल्मले  बहुपतिप्रथाको विषयलाई उठान गरेको छ। दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व नै फिल्मको मुख्य कथाबस्तु हो। 

मानकृष्ण महर्जनले खिचेको फिल्म ‘छिरिङ्ग'मा चन्द्र पन्तको द्वन्द्व तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.