|

काठमाडौं : साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले अनामनगरस्थित दाहालको दैलोमा शोकसभाको आयोजना गरेको छ। 

दाहालको गत साउन २५ मा मस्तिष्कघातका कारण निधन भएको थियो। दाहाल उक्त प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं पूर्वअध्यक्ष पनि थिए।

शोकसभामा राष्ट्रियसभाका सांसद एवं साहित्यकार खेम नेपालीले साहित्यिक, सांस्कृतिक र सामाजिक जागरणमा दाहालको भूमिका महत्त्वपूर्ण रहेको बताए। प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद ज्ञवालीले दाहालका साहित्यिक र सांस्कृतिक क्षेत्रमा हक्की र स्पष्ट स्वभाव एवं प्रगतिशील विचार सदा स्मरणीय रहने जनाउँदै उनको कृतित्व झल्कने गरी नागार्जुनले विशेष प्रकाशन गर्नुपर्ने बताए। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले दाहालले साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकार संघको इतिहासमा दिएको योगदानको स्मरण गरे।

प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दाहालको स्मृतिमा सम्मान/पुरस्कार स्थापना र विशेष प्रकाशन गरिने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.