|

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको छ। निर्वाचनको बेला गणतान्त्रिक र लोकतान्त्रिक आधिकारिक प्यानल र सम्बन्धित पार्टीले उम्मेदवार छनोट गरी निर्वाचनमा होमिएका व्यवसायीले अब भने एक हुने प्रतिवद्धता जनाएका छन्।

नेपाली निर्माण व्यवसायीहरूले गरेको कामको पटक पटक आलोचना हुने गरेको छ। सरकारले विकासका लागि गर्ने खर्चमध्ये ६० प्रतिशत रकम खर्च गर्ने निर्माण व्यवसायीको काम गुणस्तरीय नभएको आरोप लाग्ने गरेको छ। निर्माण क्षेत्रमा ठूलो भ्रष्टाचार हुने गरेको समेत विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यसै सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्‍यक्ष रवि सिंहसँग थाहाखबरकर्मी भागवत भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।

निर्माण सम्वद्ध व्यवसायीको छाता संगठनमा पनि पार्टीको आधिकारिक उम्मेदवार बनेर जित्नै पर्ने है?

वर्तमान अवस्था नै यसका लागि केही हदसम्म जिम्मेवार छ। अहिलेसम्म महासंघका छवटा निर्वाचनमा भाग लिएको थिएँ। यसभन्दा अघि पार्टीगत रूपमा यसरी लागेका थिएनौँ। अहिले पनि निर्वाचित भएपछि छैन। निर्माण व्यवसायी महासंघमा १५ हजार निर्माण व्यवसायीको प्रतिनिधित्व गरिरहेको छु। अमुक पार्टीको प्रतिनिधित्व गरेको छैन।

निर्वाचन लड्ने बेला त पार्टीगत रूपमै देखिनुभयो नि?

हो, निर्वाचनको बेलामा व्यावसायीलाई एकीकृत गरेर लोकतान्त्रिक गठबन्धन गरियो। मेरा मित्र यक्षध्वज कार्की सरले गणतान्त्रिक गठबन्धन तयार गर्नुभयो। निर्वाचनअघि नै तत्कालीन नेकपाका दुई संगठन एमाले-माओवादीबीच बालुवाटारमा एकीकृत गरेर नेकपाबाट कार्कीजीलाई अध्यक्षको उम्मेदवार बनाएर सोहीअनुसार नेतृत्व छनोट गर्ने निर्णय भयो। यसकारण हामी पनि लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएका हौँ। त्यो निर्वाचन सकिएपछि सकिएको छ। हामी महासंघभित्र एकजुट हुन्छौँ। निर्वाचन प्रकियाको समयमा मात्रै हामी दुई पक्ष भएका हौँ, अब हुँदैनौँ।

निर्माण व्यवसायीहरूको छाता संगठनको नेतृत्व सम्हाल्नुभएको छ। निर्माण व्यवसायीहरूले खेलेको भूमिकाबाट अहिले सन्तुष्ट हुने अवस्था देखिन्छ?

निर्माण व्यवसायीमाथि विकाराल रूपमा कामको बाँडफाँट छ। थोरै निर्माण व्यवसायीको हातमा धेरै काम र उनीहरूले आफ्नो क्यापासिटी (क्षमता) भन्दा बढी काम अोगटेको कारणले गर्दा निर्माण क्षेत्रमा आम असन्तुष्टि बढेकै हो। निर्माण व्यवसायीहरू बीचमा एकअर्कामा धेरै ठूलो खाडल छ।

  • सिंहसँग गरिएको अडियो कुराकानी सुन्नुस्

​​

त्यो खाडललाई पुर्ने काम अब हामी गर्नेछौँ। आमजनतामा निर्माण व्यवसायी भनेको समयमा काम नगर्ने, गुणस्तरीय काम नगर्ने भन्ने जुन मानसिकता छ, त्यसलाई चिर्नका लागि केही काम गर्ने नै छौँ।

कसरी चिर्नुहुन्छ यस्तो धारणालाई?

कुनै निर्माण कार्य सरकारले टेण्डर निकाल्दा बजेट पर्याप्त नहुने र निर्माण टेण्डर निकाल्नुभन्दा अगाडि नै गर्नुपर्ने काम सम्बन्धित अधिकारीले नगरेका कारणले समयमा काम सम्पन्न हुन नसकेको अवस्था हो। कुनै सडक निर्माण गर्नुपर्दा सडक छेउका घरहहरूका लागि मुआब्जा दिएर वा नदिएर खाली गर्नै पर्ने हुन्छ। त्यो खाली नगराएका कारणले निर्माण कार्यमा ढिला भएको हो। आमजनताको बुझाइमा निर्माण व्यवसायीको कारणले ढिला भएको भन्ने हुन्छ। 

आमजनलाई बुझाउन नसकेर बदनाम भएका छौँ भने अर्कातर्फ सरकारी निकायलाई पनि दबाब दिन नसकेर यस्ता टेण्डर दिँदा चुप लागेर बसेको अवस्था छ। आमजनताले पनि निर्माण क्षेत्रमा नकारात्मक धारणा छ। त्यसलाई चिर्न महासंघ नेतृत्‍वको टोली अबका दिनमा काम गर्छ।

निर्माण कार्यलाई यदि सरकारले सम्बन्धित अधिकारीले हेलचेक्र्याइँ गर्‍यो भने त्यसलाई सशक्त रूपमा प्रतिकार गर्ने र त्यसालई सच्याउन महासंघ अगाडि बढ्नेछ। 

यसको अर्थ समानुपातिक ढंगले काम गर्नु मात्रै समधानको पाटो हो? 

हो, यसै गर्नुपर्छ। सरकारले चाहेको खण्डमा आजको भोलि नै काम गर्न सकिन्छ। सरकार आफैँले बनाएको नियमलाई थाती राखेर यसरी काममाथि काम थप्‍ने भएको छ।

 विडिङ क्यापासिटीलाई थाती राखेर एकमाथि अर्को काम थप्दै जाँदा यो समस्या आएको हो। यसमा सरकारमा बुझाउन नसकेको हो या सरकारी संयन्त्रले आफ्नो फाइदाका लागि टेण्डर दिने र त्यसबाट आउने साइनिङ अमाउन्टबाट आकर्षित भएर पनि यस्तो भएको देखिन्छ। 

त्यसमा विडिङ क्यापासिटी लागू गरेर कुनै पनि निर्माण व्यवसायीको क्षमता कति छ भन्ने कुरा उसको विडिङ क्यापासिटीबाट थाहा हुन्छ।

विडिङ क्यापासिटीलाई थाती राखेर एकमाथि अर्को काम थप्दै जाँदा यो समस्या आएको हो। यसमा सरकारमा बुझाउन नसकेको हो या सरकारी संयन्त्रले आफ्नो फाइदाका लागि टेण्डर दिने र त्यसबाट आउने साइनिङ अमाउन्टबाट आकर्षित भएर पनि यस्तो भएको देखिन्छ। 

व्यवसायी कमाउने रकम कमिसन र गुणस्तरमा सम्झौता गरेर काम अघि बढेको हो नि, होइन र अहिलेको अवस्थामा?

त्यो पनि विल्कुलै गलत नाफा कमाउनका लागि नै व्यवसाय गरिन्छ तर २० टन क्षमतका सडक कसैले बनायो भने त्यहाँ ५० टन क्षमताका गाडी गुडाउन थाल्यो भने दोष निर्माण व्यवसायलाई जान्छ, जनमानसलाई थाहा हुँदैन । 

वास्तवमा डिजाइनरले भविष्यमा ध्यान दिएर सडकको डिजाइन गर्ने र बजेट अभावका कारणले धेरैभन्दा धेरै लामो ठाउँमा कालोपत्रे गर्नका लागि पनि त्यति बजेटबाट लामो कालोपत्रे गर्ने र आफ्ना क्षेत्रमा आयोजना लिएर आए भनेर स्थानीय नेताहरूले खुसी पार्न गरिने डिजाइनहरूको कारण गुणस्तरहीन काम भएको हो। 

१८-२० वटा कामहहरूलाई एउटा आयोजना बनाएर कार्टेलिङ गर्ने काम भएको छ। त्यसको विरुद्धमा हामी लाग्छौँ।

डिजाइन समस्या पनि होला, अघि पनि उल्लेख गर्नुभएको छ तर कुनै आयोजनामा प्रक्रियामा मात्रै गएर टेण्डर पाउन नसकिने र प्रकिया माथिबाट मिचिएपछि तपाईंहरूले पनि मिच्ने गरेको देखिन्छ। कि निर्माण व्यवसायी आफ्नो प्रक्रिया बस्छु भनेर निर्माण ठेक्का लिन सक्ने क्षमता बनाएका छन्?

अब धेरै हदसम्म नेपाल १५-२० जना कन्ट्याक्टरहरूले कार्टेलिङको व्यवस्थाले गर्दा समिति मान्छेहरूलाई मात्रै फाइदा पुगेको छ। सीमित व्यक्तिलाई फाइदा पुगेको छ, त्यसलाई चिर्ने काम महासंघले गर्नु छ। १८-२० वटा कामहहरूलाई एउटा आयोजना बनाएर कार्टेलिङ गर्ने काम भएको छ। त्यसको विरुद्धमा हामी लाग्छौँ।

यसरी अनियमित हिसाबले कार्टेलिङ भएको छ, त्यसको विरुद्धमा महासंघ सरकारलाई सजग गराउँछौँ। यसबाट निर्माण व्यवसायी मात्रै नभई सरकारलाई पनि फाइदा पुग्छ। धेरै काम लिने व्यवसायीलाई एउटा साइजमा लिएर आएर व्यवस्थापन गर्नेछौँ। 

नीतिगत समस्या त औल्याउनुहुन्छ आफ्ना कमी कमजोरीचाहिँ खोजी हुँदैन?

१२ वर्षको युद्ध, त्यसपछिको मधेस आन्दोलन र संघीयताका लागि भएको आन्दोलनले गर्दा धेरै काम गर्ने वातावरण नभएको हो। निर्माण व्यवसायीले चाहँदा चाहँदै पनि सुरक्षाका कारणले निर्माण व्यवसायीहरूले निर्माण गर्न नसकेको हो।

९० प्रतिशत कामहरू अन्य कारणले रोकिएका हुन्छन्।

त्यस्तै, पर्याप्त बजेट नहुने, खाली टेण्डरबाट निकाल्दा पनि समस्या आएको हो। एउटा २८ करोड रुपैयाँको टेण्डरमा वार्षिक ८० लाखदेखि एक करोडको हिसाबले बजेट निकासा भयो भने अनुमान गरौँ- काम सम्पन्न गर्न कति समय लाग्छ? हेर्दा निर्माण व्यवसायीले काम नगरेको अवस्था छ। वास्तवमा ९० प्रतिशत कामहरू अन्य कारणले रोकिएका हुन्छन्।

यसलाई हामीले जनमानसलाई बुझाउन नसकेको र सरकारलाई दबाब  दिनुको सट्टा मौन बसेर यो निर्माणमा व्यवसायी महासंघ ठेक्का पट्टा व्यवस्थापनमै व्यस्त भएको कारणले यस्तो हुन गएको हो। अब नयाँ नेतृत्वले छुट्टै पहिचान बनाएर जाने हो।

केही सीमित व्यवसायीले मात्रै निर्माणको काममा हात हाल्ने र पूरा नगर्ने बताउनुभयो, यसको समाधान कसरी गर्नुहुन्छ?

साना निर्माण व्यवसायीको काम एकीकृत गरेर ठूला निर्माण व्यवसायीले मात्रै लिने कार्य रोक्ने मेरो अभियान हो। यसरी अभियान सफल पारेर धेरैभन्दा धेरै निर्माण व्यवसायीले काम पाउने र रोजगारी दिने अवस्था आउँछ। 

निर्माण व्यवसायी एेन, २०६३  अन्तर्गत चार वर्ग रहेकोमा त्यो वर्गलाई कायम गराउने एजेण्डा हो। आफ्नै वर्गका बीचमा प्रतिस्पर्धा हुने वातावरण बनाउनुपर्छ। अहिले त ठूला निर्माण व्यवसायीले काममा हस्तक्षेप गरेको अवस्था छ। साना निर्माण व्यवसायीले ठूलो काम लिन सक्दैन। चारवटा वर्गलाई कायम गराउने र आवश्‍यक परे थप्‍ने काम पनि अघि बढाइनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.