|

काठमाडौं : नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘लभ स्टेशन’को शुभ मुहुूर्त गरिएको छ। सोमबार बिहान पशुपति मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो। फिल्मको छायांकान भने शुक्रबार दार्जिलिङबाट सुरु हुनेछ।

छायांकनका लागि निमार्ण युनिट मंगलबार दार्जलिङ प्रस्थान गर्दैछन्। प्रदीप र जसिता भने बुधबारमात्र त्यहाँ पुग्ने निर्माता गोविन्द शाहीले बताए। ५० दिनको छायांकन तालिका बनाएको यस फिल्मको छायांकन दार्जीलिङ, कालिङपोङ, सिक्किम तथा नेपालको पूर्वी भागमा हुनेछ।

उज्जवल घिमिरेले निर्देशनमा तयार हुन लागेको यस फिल्ममा श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतको मुख्य भूमिका रहनेछ। शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत रहने यस फिल्ममा आलोक शुक्लाको छायाँकन रहने छ।

'काफिया फिल्मस्'को व्यानरमा निर्माण हुने यस फिल्ममा काफिया शाही र कविरबिक्रम शाही निर्मताको रुपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.