राजनीति

विराटनगरमा कृषि विकास निर्देशनालय स्थापना
SHARES

असोज ८, २०७५

    विराटनगर : प्रदेश सरकार गठन भएको सात महिनापछि प्रदेश १ अन्तर्गतका कार्यालय स्थापना गर्न सुरु गरिएको छ। धनकुटामा शिक्षा र स्वास्थ्यका प्रदेशस्तरीय निर्देशनालय स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारले विराटनगरमा कृषि विकास निर्देशनालय स्थापना गरेको हाे। मुख्यमन्त्री शेरधन राईले सोमबार निर्देशनालयको उद्घाटन गरेका हुन्।

    प्रदेशअन्तर्गतका अन्य कार्यालयहरूको संरचना पनि अबको १५ दिनभित्रमा स्थापना गरिसक्ने प्रदेश सरकारको लक्ष्य छ। अहिलेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने निकाय स्थापना नहुँदा काममा समस्या भइरहेको थियो। त्यही समस्यालाई दृष्टिगत गर्दै प्रदेश सरकारले आफूअन्तर्गत रहने कार्यालयहरू स्थापना सुरु गरेको मुख्यमन्त्री राईले जानकारी दिए।

    विराटनगरमा रहेको साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा निर्देशनालय स्थापना गरिएको हो। मुख्यमन्त्री राईले प्रदेशका नयाँ संरचना स्थापना भएसँगै सेवा प्रवाह पनि नयाँ हुनुपर्ने बताए। अफिसको व्यवस्थापनदेखि कार्यसम्पादन गर्ने तरिका, नागरिकसँग काम गर्ने शैली र व्यवहारमा पनि परिवर्तन हुनुपर्नेमा उनले जोड दिए।

    कार्यक्रममा प्रदेशका मुख्य सचिव केदार न्यौपानेले कृषकले राम्रोसँग मूल्य नपाउने अवस्थाको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए। कृषक र उपभोक्ताबीचको ग्याप हटाउने गरी नयाँ कार्यक्रम बनाउने तयारी सरकारले गरिरहेको उनको भनाइ थियो। कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले मन्त्रालयले बजेट तथा नीति कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी गरिरहेको बताए।

    प्रस्ताव गरेर पठाइएका योजनाहरू माथिबाट स्वीकृत हुनेवित्तिकै बजेट बाँडफाँट गरेर काममा जाने पनि उनले बताए। प्रदेश सरकारले असोज ११ गते धनकुटामा स्वास्थ्य विकास निर्देशनालय र शिक्षा विकास निर्देशनालयको उद्घाटन गर्ने जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]