|

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले अक्टोबर २ तारिखमा बंगलादेशका विभिन्न स्थानमा सुरु हुने बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

इण्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित चन्द टिममा नहुँदा पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ पनि टिममा हुने छैनन्।  रोहित इण्डोनेसियामा छन् भने किरण व्यावसायिक खेलका लागि माल्दिभ्समा छन्।

टिममा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपका खेलाडीकै बाहुल्य छ। चेम्जोङको स्थानमा विशाल श्रेष्ठले स्थान बनाँउदा चन्दको स्थानमा तेज तामाङले टिममा मौका पाएका छन्। 

नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ छन्। गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन छन्।

खेलको तयारीस्वरूप म‌ंगलबार प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ। नेपाली टोली आगामी ३० सेप्टेम्बरमा ढाका प्रस्थान गर्नेछ। साबिक च्याम्पियनसमेत रहेको नेपालले समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइनविरुद्ध खेल्ने छ। नेपालले ताजकिस्तानसँग अक्टोबर २ मा खेल्नेछ भने दोस्रो खेलमा प्यालेस्टाइनसँग ६ अक्टोबरमा खेल्नेछ। दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली राष्ट्रिय टोली

गोलरक्षक : विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.