|

कञ्चनपुर : भीमदत्तनगरपालीका–५ वनखेत र वडा नं. २ शान्तिटोलमा रहेका दुई वटा होटेलबाट प्रहरीले सोमवार साँझ जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट एक लाख ५२ हजार ९८० रुपैयाँ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार वनखेतस्थित शिवराज भट्टले सञ्चालन गरेको हाई वे फास्ट फुड होटलमा जुवा खेलिरहेका पाँच जना पक्राउ परेका हुन्। प्रहरीले होटल सञ्चालकर्ला पनि नियन्त्रण्मा लिएको छ। जुवा खेलिरहेको स्थानबाट ७७ हजार ५३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। 

यस्तै,  शान्तिटोलस्थित माया चौधरीको खाजा बेच्ने पसलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ७५ हजार ४५० रुपैयाँ प्रहरीले बरामद गरेको छ प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.