|
प्रतीकात्मक तस्विर

गुल्मी : नेपालमा कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने भन्दै जिल्लाको मालिका गाउँपालिकाले भारी अनुदानको व्यवस्था गरेको छ। 

जिल्लाको गाउँपालिकाले कृषकले एक आर्थिक वर्षमा १०० किलो बराबरको जिउँदो बोका बेचे कृषकलाई १० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ।

मालिका गाउँपालिकाका प्रमुख रितबहादुर थापाले स्थानीय सरकारको जनतालाई पूर्णरूपमा प्रत्याभूति गराउन र कृषकहरूलाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको जानकारी दिए। 

गाउँपालिकाले बोकामा मात्र होइन लोकल कुखुरा ५० किलो  बेचे  प्रतिकिलो १०० रुपैयाँका दरले, लोकल कुखुराको अण्डा प्रतिमहिना ५० उत्पादन गरे प्रतिअण्डा ५ रुपैयाँ, दूध प्रतिमहिना ६० लिटर उत्पादन गरे प्रतिलिटर पाँच रुपैयाँ, लोकल लसुन प्रतिक्विन्टल १० रुपैयाँ, बन्दा प्रतिक्विन्टल दुई रुपैयाँ, फूलगोभी प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने भएको छ।

यस्तै कागती प्रतिक्विन्टल १० रुपैयाँ, मह पाँच किलोभन्दा बढी उत्पादन गरे प्रतिकिलो २०० रुपैयाँका दरले, अलैँची ५० किलो उत्पादन गरे प्रतिकिलो १०० रुपैयाँ, बगुंरको मासु ३०० क्विनटल उत्पादन गरे प्रतिकिलो २० रुपैयाँ, च्याउ ५० किलो उत्पादन गरे प्रतिकिलो २० रुपैयाँ, केरा ५०० दर्जन उत्पादन गरे प्रतिदर्जन १० रुपैयाँ, दिइनेछ।

टिमुर सुकेको १० किलो उत्पादन गरे प्रतिकिलो १०० रुपैयाँ,  लोकल काउली ५० किलो उत्पादन गरे प्रतिकिलो  २० रुपैयाँ  अनुदान दिने व्यवस्था गरिएको मालिका गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ अर्जैका वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए। 

गिरीका अनुसार तोकिएको मापदण्ड भन्दा कम उत्पादन गरे अनुदान दिन नसकिने र व्यावसायिक रूपमा कृषि र पशुपालनमा लाग्ने कृषकलाई  प्रोत्साहन गर्नका निम्ति  र आत्मनिर्भर बनाउन गाउँपालिका लागि परेको दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.