तनहुँ : म्याग्दे गाउँपालिका–४, मनहरिमा ट्रक र माइक्रोबस दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ।
पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस ठक्किँदा दुई जनाको मृत्यु भएको हो। मृतकको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।