|

काठमाडौं : अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म 'जय भोले'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। मंगलबार निर्माण युनिटले पोष्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक प्रदर्शन मिति तय गरेको हो। दसैंमा रिलिज गर्ने भनिए पनि फिल्मले अहिलेसम्म प्रदशर्न मिति तोक्न सकेको थिएन। तर अब भने यस फिल्म दसैंको फुलपाती अर्थात असोज ३० मा आउने पक्का भएको छ।

यसअघि फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' एकै दिन रिलिज हुने कुराले सिने बजारमा निकै तरङ्ग ल्याएको थियो। तर, दुई फिल्मको सहमतिमा 'छक्का पञ्जा ३' घटस्थापाना र 'जय भोले' फुलपातीमा आउने निधो गरेका हुन्।

हास्य तथा सामाजिक विषयमा निर्माण भएको फिल्म 'जय भोले'मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, वुद्धि तमाङ, सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ।

फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ। निर्देशक शर्माले नै निर्माण गरेको यस फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन तथा राज ढुंगानाको सम्पादन रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.