|

काठमाडौं : फिल्म 'बादशाह जुट'को छायांकन सकिएको छ। सोमबार ललितपुरको श्रीकाली चौरमा फिल्ममा समावेश गीतको छायांकन गरिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। लोक फ्लेभरको गीतमा नायिका प्रियंका कार्की, सुशील श्रेष्ठ र आमिर गौतमले नृत्य प्रस्तुत गरेका छन्।

जोनीसिंह राणाको निर्देशनमा तयार भएको यस फिल्मले छायांकन सकिएसँगै रिलिज मिति पनि तय गरेको छ। निर्देशक राणाका अनुसार फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेबाट प्रदर्शनमा आउँदै छ।

फिल्मको छायांकन बैशाखबाट सुरु भए पनि फिल्मको छायांकन सक्न ६० दिन लागेको निर्माता भोजराज श्रेष्ठ बताए। 'बादशाह जुट'को छायांकनमा आफूले कुनै पनि कुराको कमी हुन नदिएको निर्माता श्रेष्ठको दाबी छ।

'बादशाह जुट'मा सुशील र आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मि पाण्डे, सुधा रावतलगायतको मुख्य भूमिका रहेको छ। नायिका प्रियंका कार्कीको भने फिल्ममा विशेष भूमिका रहेको छ। 'एच एण्ड बी फिल्म्स' र 'गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेनमेन्ट'को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, विक्रम स्वाँरको कोरियोग्राफी, कोसिस क्षेत्री र मोहित मुनालको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.