|

तनहुँ : माइक्रो बस एक आपसमा ठोकिँदा मंगलबार दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। व्यास नगरपालिका–४ की ५० वर्षीया चिजा कुमारी श्रेष्ठ र व्यास–११ की ३५ वर्षीया सरस्वती कुँवरको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

श्रेष्ठ र कुँवरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। म्याग्दे गाउँपालिका–१ का चालक तुलबहादुर विक, व्यास नगरपालिका–२ का ४० वर्षीया सविला खान, ४४ वर्षीया नमु मिया, ४४ वर्षीया चन्द्रा भण्डारी, व्यास–५ का माया थापा, म्याग्दे गाउँपालिका–३ का सत्यकला न्यौपाने, व्यास–२ की ४२ वर्षीया विष्णुमाया बस्नेत र वतन नखुलेको कमला दुरा घाइते भएको अर्यालले बताए। ६ जनाको मणिपाल अस्पतालमा र २ जना घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उनले बताए। 

दमौलीबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ४१९४ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ४४ ४२ नम्बरको माइक्रो बस पृथ्वी राजमार्गस्थित म्याग्दे गाउँपालिका–४ थर्पु मनहरीमा ठोकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.