|

पोखरा : सोमबार साँझ साढे छ बजेदेखि हराएकी पोखरा २२ पुम्दीभूम्दीस्थित कोदीकी १० वर्षीया वालिका मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन्।घरबाट केही परको पसलमा बिस्कुट किन्न भनेर हिँडेकी श्रेया विक मंगलबार बिहान मृत फेला परेकी हुन्।

साँझ अबेरसम्म पनि श्रेया घर नफर्केपछि परिवारका सदस्यहरूले गाउँलेलाई खबर गरेर वरिपरी हल्लखल्ला गरे पनि भेटिएकी थिइनन्। बिस्कुट किन्न भनेर निस्केर हराएकी श्रेयालाई बिहान गाउँलेले मृत अवस्थामा फेला पारेका हुन्। मंगलबार आठ बजे श्रेयालाई मृत अवस्थामा फेला पार्नेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गाउँलेले उनलाई पसलतर्फ जाने बीचको खोल्सी छेउको झाडीमा मृत भेटाएका हुन्।

श्रेयाको निधारमा चोट देखिएको बैदाम प्रहरी चौकीका डिएसपी नवीन कार्कीले बताए। ‘उनको निधारमा गहिरो चोट देखिन्छ’ डिएसपी कार्कीले भने ‘शव झाडीमा घोप्टो परेको अवस्थामा पाइयो।’ 

त्यस्तै बालिकाको तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्म सोरिएको स्थानीय राजन मिजारले जानकारी दिए। ‘यो घटना हेर्दा बलात्कारपछि हत्या भएकै हो’ राजनले भने ‘घाँटी थिचेको छ। घाँटीमा पुरै निलडाम छ। कुन पापीले यो बच्चीलाई यसरी मार्‍यो निश्पक्ष छानविन हुनुपर्छ।’ उनका अनुसार शवनजिकै रगत लतपतिएको तिखो ढुंगासमेत भेटिएको छ।

बाबु कान्छी च्यापेर हिँढे, आमा बिरामी 

श्रेयाकी आमा बेली विक बिरामी छन्। लामो समय अस्पतालको शैय्यामा समय काटेकी बेली पूर्ण रूपमा स्वस्थ्य नहुँदै फेरि अर्काे बज्रपात व्यहोर्नु परेको हो। श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरूलाई वास्ता गर्न छोडेको धेरै भइसकेको बेलीले बताएन्। श्रीमान्काे हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिइन्। श्रेया स्थानीय लीला आधारभूत विद्यालयमा तीन कक्षामा पढ्दै आएकी थिइन्।

प्रारम्भिक अनुसन्धान 

मंगलबार बिहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो। बैदाम प्रहरी चौकीका डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको हो। स्थानीयले भनेजस्तो बलात्कारको विषयमा भने प्रहरी मौन छ।

‘अर्धनग्न भेटिए पनि रेप भएको नभएको त मेडिकल रिपोर्ट आएपछि मात्रै थाहा हुने कुरा भयो,’ उनले भने, ‘यसबारेमा विस्तृत जानकारी पोष्टमार्टम रिपोर्टपछि नै भन्न सकिने भयो।’ बालिकाको शव गण्डकी अस्पतालमा पोस्टमार्टम गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.