|

संखुवासभा :  नक्कली विल र छाप प्रयोग गरेको  अाराेपमा धर्मदेवी नगरपालिकाका आन्तरिक लेखा परीक्षक पक्राउ परेका छन्। जिल्ला समन्वय समिति संखुवासभाको नक्कली विल र छाप प्रयोग गरेकोमा नगरपालिकाका आन्तरिक लेखा परीक्षक दावा भोटे पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट नक्कली रसिदका ठेली र रसिद काटेको रकमसहित पक्राउ गरेको हो। सोमबार चैनपुर नगरपालिका ११ सभाखोलाबाट प्रहरीले लेखा परीक्षक भोटे र भोजपुर षडानन्द नगरपालिका १३ का सौरोज तामाङलाई पक्राउ गरेको हो। प्रहरीको भनाइ अनुसार उनीहरूलाई जिल्ला समन्वय समितिको नक्कली छाप र विल प्रयोग गरेको बताइएको  छ।

भोजपुरका तामाङलाई आन्तरिक लेखा परीक्षक भोटेले काम लगाएको बयान दिएका छन्। उनीहरूले  जिल्ला समन्वय समितिको निकासी वापतको करको रकम असुलेको प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए।

पक्राउ परेका आन्तरिक लेखा परीक्षक दावा भोटे र तामाङलाई मंगलबार जिल्ला अदालत चैनपुरबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भोटे तत्कालीन जिल्ला विकास समितिका कर्मचारी समेत हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.