|

ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ।

अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो। चीनले अमेरिकी कदमप्रति वासिंटनको भद्र ध्यानाकर्षण गराएको छ।

राष्ट्रसंघको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लंघन गरेको चीनको विदेशमन्त्रालयले मंगलबार जनाएको छ।

'अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ', विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा भने।

यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको विषयसमेत रहेको प्रवक्ता गेङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.