|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयबाट पछि हट्ने संकेत गरेका छन्।

राष्ट्रिय गौरवको सो आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णयको चर्को आलोचना भइरहेका बेला उनले त्यसबाट पछि हट्न सकिने संकेत गरेका हुन्। मंगलबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पुनले सो आयोजना विदेशी कम्पनीलाई दिनु नेपालको बाध्यता भएको पनि स्मरण गराए। उनले राष्ट्रहित प्रतिकूल हुने गरी कुनै काम गर्न परे सरकार सो निर्णय मान्न बाध्य नहुने पनि स्पष्ट पारे।

मन्त्री पुनले सरकारले आफ्नो स्रोत र साधनले धान्न नसक्ने परियोजनामा मात्रै विदेशी ऋण लिने नीति लिएको पनि समितिलाई जानकारी दिए। सरकारले बूढिगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई दुई खर्ब ६३ अरवमा ठेक्का दिने निर्णय गरेको थियो। मन्त्री पुनले आयोजनामा राष्ट्रिय हितविपरीतका गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.