|
फाइल फोटो

रौतहट : पप्पु कन्सट्रक्सन प्रालि वीरगंजका संचालक सुमित रौनियारलाई जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ। गौरजिम्मेवारीपूर्ण कार्य गरेको भन्दै जिल्ला अदालतले रौनियारलाई पक्राउ गर्न पूर्जी काटेको हो।

गौर नगरपालिका ४ टिकुलिया घाटमा रहेको लाल बकैया नदीमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका संचालक  रौनियारलाई अदालतमा हाजिर हुन पटकपटक आग्रह गर्दा उपस्थित नभएपछि उनलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरी कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम रौनियारलाइ पक्राउ गर्न जिल्ला अदालत समक्ष माग गरेकोमा अदालतले पक्राउ गर्न आदेश जारी गरेको हो।

निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुंगा फुट्दा सो दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए। निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानीयले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध उजुरी दर्ता गरिएको स्थानीय युवा संजय सहनीले बताए।

उजुरी दर्ता गरेको एक महिनापछि पनि प्रहरीको ताकेदा नमान्दै अनुसन्धानका लागि आउन नमान्ने कम्पनीका प्रमुखलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी केदार ढकालले बताएका छन्। एक महिनाअघि भएको उक्त घटनामा पाँचजना स्थानीयको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.