|

धनकुटा : तेह्रथुमको लालिगुराँस नगरपालिका ४ चित्रे बजारमा मंगलबार बेलुका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय दीपक रायमाझीको घरमा टीन ठोक्ने क्रममा माथिबाट गएको हाइटेन्सन लाइनमा ठोकिएर करेन्ट लागेर धनकुटाको महालक्ष्मी नगरपालिका  १ का ५० वर्षीय भैरवबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

करेन्टले सरिरका विभिन्न भाग जलेपछि तत्काल उनको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.